बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा साकेला नृत्य

शनिबार, २२ जेठ २०७३, १७ : ५३
शनिबार, २२ जेठ २०७३

काठमाडौँ - विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराँतीले स्थानीय टुँडिखेलमा आज ‘साकेला नाच’ नाचेका छन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे । गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो÷उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।

किराँत राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौँमा शासन गरेका किराँत वंशको अहिले ऐतिहासिक परम्परा हराउँदै गएको बताए । किराँत राई यायोक्खा काठमाडौँका अध्यक्ष दिलीप वान्तवाले उहाँले विश्वमा बसेका सम्पूर्ण किराँतीले आजको दिन साकेला नाचेको बताए । करिब पाँच हजारभन्दा बढी महिला तथा पुरुष उक्त कार्यक्रममा सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप