बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक खेल, ५२ पेनाल्टी : बन्यो नयाँ विश्व किर्तिमान (भिडियोसहित)

आइतबार, २३ जेठ २०७३, ०९ : २६
आइतबार, २३ जेठ २०७३

काठमाडौं – चेक रिपब्लिकको पाँचौं डिभिजनको खेलमा विश्वकै सबैभन्दा लामो पेनाल्टी सुटआउटको किर्तिमान बनेको छ । एसके बाटोभ १९०३ र एफसी फ्रिस्टाकबीचको खेलमा उक्त किर्तिमान बनेको हो ।

शुक्रबार भएको खेलमा दुई टोलीबीचको खेलको विजेता निर्धारण गर्न ५२ पटक पेनाल्टी हानियो । यो फुटबलको इतिहासमा सबैभन्दा लामो पेनाल्टी सुटआउट हो ।

चेक चिपब्लिकको दक्षिणपूर्वी क्षेत्रका यी दुई टोलीबीच क्षेत्रीय च्याम्पियनसिप अन्तरगतको खेल निर्धारित ९० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको थियो ।

५२ वटा पेनाल्टी प्रहारपछि बाटोभले खेल २२–२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि ४८ वटा पेनाल्टी प्रहारको किर्तिमान थियो ।

पेनाल्टी सुटआउट ४–४, ११–११ र १४–१४ को स्थितिमा फ्रिस्टाकले खेल जित्ने अवसर थियो । तर, अन्त्यमा मिडफिल्डर जान ह्रेबाकाले निर्णायक पेनाल्टी मिस गरेपछि खेल हार्न पुग्यो ।

उक्त पेनाल्टी सुटआउटलाई एक समर्थकले युट्युवमा अपलोड समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप