बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोपा अमेरिका – नेयमार बिनाको ब्राजिल बराबरीमा रोकियो, पेरुको विजयी शुरुवात

आइतबार, २३ जेठ २०७३, ०९ : ४९
आइतबार, २३ जेठ २०७३

क्यालिफोर्निया – स्टार खेलाडी नेयमार बिना मैदानमा उत्रेको ब्राजिल कोपा अमेरिकाको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ । गत विश्वकपमा लज्जास्पद ७–१ को हार बेहोर्ने टोलीका सदस्यहरु बिना नयाँ खेलाडीहरु सहित मैदानमा उत्रेको ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलमा ब्राजिलले नियन्त्रणमा राखे पनि विपक्षीको पोष्टमा भने उल्लेख्य प्रहार गर्न सकेन । विपक्षीको पोष्टमा ९ प्रहार गरेको ब्राजिलको मात्र २ वटा प्रहारमात्र उल्लेख्य थियो ।

ब्राजिल समूह ‘बी’ मा रहेको छ ।

यता, समूहकै अर्को खेलमा पेरुले भने विजयी शुरुवात गरेको छ । हाइटीमाथि १–० को जित निकाल्दै पेरु समूहको शीर्ष स्थानमा उक्लेको छ ।

पाउलो गुरेरोको किर्तिमानी गोलको मद्दतले पेरुले प्रतियोगितामा विजयी बन्यो । गोलसँगै ३२ वर्षीय गुरेरोले टेउफिलो कुबिलासको किर्तिमान तोड्दै राष्ट्रीय टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनको गोलसंख्या २७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप