बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालका नेता रामसपामा प्रवेश

आइतबार, २३ जेठ २०७३, ११ : ०८
आइतबार, २३ जेठ २०७३

बर्दिबास–राप्रपा नेपाल पार्टीबाट महोत्तरी क्षेत्र नम्बर १ बाट दोस्रो संविधान सभाको चुनावमा प्रत्यक्षतर्फका उम्मेद्वार नरहरी गौतम शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनीसँगै माओवादी केन्द्र गौरीबासका सक्रिय सदस्य रहेका बुद्धि सिंह तामाङ, लालबहादुर सिंह , अर्जुन (खिलहरी) गौतम , कांगे्रसका कृष्णकला सिंह, लगायत १५० जना समेत सो पार्टीमा प्रवेश गरेका छन् ।

बर्दिबास नगरपालिकाको वर्डा नम्बर ४ मा आयोजित एक कार्यक्रमका बीच भण्डारीले नव प्रवेशहरुलाई फूलमाला अविर लगाएर पाटिमा स्वागत् गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप