बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सञ्जय साहकी श्रीमतीले भनिन्– राजेन्द्र महतोले लाशमाथि राजनीति गरिरहेका छन्

आइतबार, २३ जेठ २०७३, १२ : १०
आइतबार, २३ जेठ २०७३

काठमाडौं– जनकपुर बमकाण्डको अभियोगमा हिरासतमा रहेका निलम्बित सांसद सञ्जय साहकी श्रीमती रंगिलादेबी साहले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएकी छन् । उनले आइतबार एक विज्ञप्ती सञ्चारमाध्यमहरुमा प्रेषित गर्दै मधेशी जनताको समान हकको संघर्षलाई महतोले स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएकी छन् । महतोकै बेइमानीले गर्दा मधेस आन्दोलन सफल हुन नसकेको भन्दै उनले महतो लास माथी राजनैती गर्ने प्रतिस्पर्धामा लागेको आरोप लगाएकी छन् । उनले महतोकै छलफलपटमा सञ्जय शाहलाई फसाउने काम भएको समेत दाबी गरेकी छन् । स्मरण रहोस् केहि दिनअघि मात्रै सद्भावना पार्टीले सञ्जय साहलाई पार्टीको वरिष्ठ उपाध्यक्षबाट हटाउँदै रंगिलालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप