बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साझा यातायातले ३० ओटा सुविधासम्पन्न गाडी भित्र्याउँदै

आइतबार, २३ जेठ २०७३, १२ : ४०
आइतबार, २३ जेठ २०७३

काठमाडौं– साझा यातायातले तीस ओटा सुविधासम्पन्न गाडी भित्र्याउन लागेको छ ।

भारतीय अशोक लेल्याण्ड कम्पनीबीच गत चैत ११ गते भएको सम्झौता अनुरुप सो बसहरु भदौ पहिलो साता काठमाडौं आइपुग्ने साझा यातायातले जनाएको छ । उक्त बसहरुमा दुई ओटा ढोका हुनुका साथै पछाडिको ढोकाबाट ह्वीलचियर छिर्ने अपांगमैत्री हुनेछ । चालक बाहेक ४० सिट क्षमताको बसको यात्रु हिँड्ने भाग फराकिलो हुनुका साथै सुरक्षाको लागि सिसिभिटी र मनोरञ्जनको लागि डिस्प्ले टिभी रहने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले साझा यातायातमा शेयर लगानी गरेको १० करोड रुपैयाँ रकमबाट खरिद गर्न लागिएको उक्त बसहरु उपत्यकाभित्र थप शहरी यातायातको रुपमा सञ्चालनमा ल्याउने जनाइएको छ । जसबाट उपत्यकामा यात्रुहरुलाई सहज र सुविधा पुग्ने कम्पनीले विस्वास लिएको छ । हाल १७ ओटा बस रहेको साझाको नयाँ बस आएसँगै ४७ बस हुनेछन् । यसैबीच भारतको मुम्बईस्थित अशोक लेल्याण्डको कारखानामा बन्दै गरेको बसहरुको बढी निर्माण अवलोकन गर्न एक टोली आइतबार मुम्बई प्रस्थान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप