बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मलेसियाका ५२ रोजगारदाता कम्पनी कालोसूचीमा, नेपालबाट कामदार लैजान नपाउने

आइतबार, २३ जेठ २०७३, १२ : ५५
आइतबार, २३ जेठ २०७३

काठमाडौं–नेपाली कामदारकोे प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका ५२ रोजगारदाता कम्पनीलाई सरकारले कामदार लिन रोक लगाएको छ । ती कम्पनीले कामदारसँग गरेको श्रम सम्झौता उल्लङघन गरेको पाएपछि यस्तो रोक लगाइएको हो । विदेशी कम्पनीले नेपालका म्यानपावर कम्पनीमार्फत नेपाली कामदार लिने गरेका छन् । तर, कामदार लैजानुपूर्व उनीहरुले पाउने काम, पारिश्रमिक, करार अवधी लगायतका सेवा सुविधा उपलव्ध नगराएको र कामदारलाई अलपत्र पारेको पाएपछि वैदेशिक रोजगार विभागले श्रम सम्झौता गर्ने विदेशी कम्पनीमाथि कारवाही अघि बढाएको हो । विभागका अनुसार त्यहाँ रहेको नेपाली दुतावासको प्रतिवेदन, समस्यामा परेका कामदारको उजुरी र वैदेशिक रोजगार व्यवसायीको समेत गुनासाका आधारमा ती कम्पनीको काम कारवाही छानवीन गरि नेपाली कामदार लैजान रोक लगाएको हो । ‘हामीले दुतावास, सम्वन्धति कामदार र व्यवसायीको समेत जानकारी र उजुरीका आधारमा छानवीन गरेर ती कम्पनीलाई कामदार लैजान नपाउने व्यवस्था गरेका हो’, विभागका उपसचिव रमा भट्टराईले रातोपाटीलाई भनिन्, ‘अधिकांश मलेसियाका कम्पनीले कामदार अलपत्र पार्ने, अन्यत्र सप्लाई गर्ने र श्रम सम्झौता विपरित काम लगाएको पाइएको छ ।’ विभागका अनुसार अहिलेसम्म नेपालवाट कामदार लैजान रोक लगाइएका त्यस्ता विदेशी कम्पनीको संख्या ५८ पुगेको छ । जमा मलेसिया वाहेक साउदी अरवका ३, कतारका २ र युएईको एक कम्पनीलाई विभागले कालो सूचीमा राखेको छ । ती कम्पनीले अव म्यानपावरलाई माग पत्र पठाएपनि विभागले कामदार लैजान स्वीकृती नदिने भट्टराईले बताइन् । पछिल्लो समय साउदी अरवको रियाद स्थित माहारा एच आर कम्पनीलाई विभागले कालोसूचीमा राखेको छ । सो कम्पनीले नेपालवाट कामदार लगेर अन्यत्र सप्लाई गर्ने गरेको र कामदारलाई पारिश्रमिक तथा सेवा सुविधा समेत सम्झौता अनुसार उपलव्ध नगराएको पाइएको छ । मलेसियामा मात्र अहिले करिव १० लाख नेपाली कामदार कार्यरत रहेको विभागको अनुमान छ । यस्तै, साउदी अरव, कतार र युएइ पनि नेपाली कामदारका प्रमुख श्रम गन्तव्य भित्रै पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप