बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सूर्य थापाको व्यङ्ग्यः माओवादी केन्द्र एक नम्बर पार्टीको हैसियतामा पुग्यो

आइतबार, २३ जेठ २०७३, १४ : ०६
आइतबार, २३ जेठ २०७३
काठमाडौं– नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेकपा माओवादीले जम्बो केन्द्रीय समिति बनाएको भन्दै सामाजिक सञ्जालमार्फत व्यङग्यात्मक टिप्पणी गरेका छन् । उनले माओत्सेतुङको देशमा समेत ३७६ सदस्यीय केन्द्रीय समिति रहेको सन्दर्भमा समकालीन विश्व राजनीतिक रंगमञ्चका सबै पार्टीहरुको तुलनामा एक नम्बर पार्टीको हैसियतमा माओवादी केन्द्र पुगेको भन्दै व्यङ्ग्य हानेका हुन् । ‘१ हजार ९९ सदस्यीय नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिलाई बधाई नदिइरहन मनले मानेन । स्वयम् माओ त्सेतुङकै देश चीनको कम्युनिस्ट पार्टीसमेत (३७६ सदस्यीयमात्र) यति भीमकाय भइसकेको छैन’, उनले भनेका छन्, ‘ यो संख्यात्मक फड्कोले सम्भवतस् समकालीन विश्व राजनीतिक रंगमञ्चका सबै पार्टीहरुको तुलनामा एक नम्बर पार्टीको हैसियतमा माओवादी केन्द्र पुगेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप