बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीलाई नै खैरो हिरोइन बेच्न खोज्ने तीन पूर्वलडाकू पक्राउ

आइतबार, २३ जेठ २०७३, १४ : ५३
आइतबार, २३ जेठ २०७३

काठमाडौं– ग्राहक बनेर गएका प्रहरीहरुलाईनै खैरो हिरोईन बेच्न खोजपछि माओवादीका तीन जना पूर्वलडाकु पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत बालाजुले रुकुमका चुनबाङ–७ का जगत पुन, रोल्पा कोटगाउँका अक्त बहादुर घर्ति र रोल्पा गैरिगाउँका प्रवेश डिसीलाई पक्राउ गरेको हो ।

विषेश सूचनाका आधारमा खैरो हिरोइनको ग्राहक बनेर गएका प्रहरीले पुर्व लडाकुहरुलाई माछापोखरीमा फेला पारेका थिए ।

सोधपुछका क्रममा खैरो हिरोईन बोकेका जगत पुन भाग्न खोजेको र उनको साथबाट ६८ ग्राम अबैध लागू औषध बरामद गरिएको महानगरिय प्रहरी वृत बालाजुका डिएसपी संजिव शर्माले जानकारी दिए ।

जगत पुन अस्थायी शिवीरबाट स्वेच्छिक अवकास बापत पाँच लाख लिएर बाहिरिएको अनुसन्धानका क्रममा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

अन्य दुई जना माओवादी युद्धमा लागेको तर प्रमाणीकरमा नपरेको पाईएको छ । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप