बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

३३ करोड ७९ लाखको वैदेशिक बचतपत्र खुल्यो, वार्षिक ९ प्रतिशत ब्याज

आइतबार, २३ जेठ २०७३, १६ : ०५
आइतबार, २३ जेठ २०७३

काठमाडौं–नेपाल राष्ट्र बैंकले आजवाट वैदेशिक रोजगार बचत पत्र जारी गरेको छ । आगामी असार २४ गतेसम्मको समय दिएर बचत पत्र खुला गरिएको राष्ट्र बैंकले जनाएको छ । आज जारी भएको वैदेशिक रोजगार बचतपत्र २०७८ ‘क’ रहेको जनाइएको छ । यसअअघि २०७७ र २०७८ जारी भएको थियो । ३३ करोड ७९ लाख रुपैयाँको वरावारको बचत पत्र जारी भएको जनाइएको छ । बचत पत्रमा लगानी गर्न चाहानेले बार्षिक ९ प्रतिशत व्याज पाउने छन् । ६÷६ महिनामा व्याज भुक्तानी पाउने र न्युतम ५ हजार देखी वढीमा कुल निष्काशित रकमको सिमा नवढाई ५ हजारले भागगर्दा निशेष भाग जाने अंकमा आवेदन दिन पाउने बैंकले जनाएको छ । यसका लागि राहदानी, कार्यरत मुलुकको भिषा, कार्यरत कम्पनीको परिचयपत्र, २ प्रति फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणको रुपमा विदेशी सटही रसिद लगायतका कागजात आवश्यक पर्नेपनि जनाइएको छ । वचत पत्रमा लगानी गर्न चाहानेले प्रभु, आइएमई, प्रभु मनिटान्सफर, सिटी मनि एक्सप्रेस, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमा फारम भर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप