बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ

आइतबार, २३ जेठ २०७३, १६ : ३०
आइतबार, २३ जेठ २०७३
सिन्धुली – डुँडभन्ज्याङ– ८ च्याखुटारका किसानले कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ गरेका छन् । यस वर्षको लामो खडेरी र अहिलेसम्म त्यस क्षेत्रमा पानी नपर्दा किसानले खेतमा लगाएको मकै जोगाउन कुलामा प्लास्टिक ओछ्याएर सिँचाइ गरेका हुन् । ट्याउ खोलाको पानी ल्याएर लगाउनुपर्ने भए पनि थोरै पानी र कुलामा ल्याउँदा नआउने भएकाले खेतको मकै जोगाउन प्लास्टिक ओछ््याएरै भए पनि मकै मर्नबाट जोगाइएको स्थानीयवासी किसानले बताएका छन् । खोलाको मुहानदेखि करिब ६५ मिसम्म प्लास्टिक ओछ्याएर २६५ रोपनी जग्गामा लगाइएको मकैबालीमा किसानले सिँचाइ गरेको स्थानीयवासी शङ्कर बरालले बताउनुभयो । मकै घोगा लाग्ने समयमा खडेरीका कारण सुक्न लागेपछि सबैको भेलाले खेतधनीसँग पैसा उठाएर ६५ मि प्लास्टिकको सहायताले मकैबालीमा सिँचाइ गरिएको उहाँको भनाइ छ । खडेरीले खाएर पहेँलो हुन लागेको मकै अहिले हरियाली भएको तथा राम्रो उत्पादन हुने अवस्थामा रहेको किसान बताउँछन् । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टले रु एक लाख ५० हजारको लागतमा निमार्ण हुने भए आफूले त्यस क्षेत्रमा पाइप दिन सहयोग गरिने बताउनुभयो । रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप