बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार ३५ अंकले घट्यो

आइतबार, २३ जेठ २०७३, १६ : ५३
आइतबार, २३ जेठ २०७३

काठमाडौं–साताको पहिलो दिन आइतवार सेयर वजारमा करिव ३५ अंकले गिरावट आएको छ । आइतवार १ सय २८ कम्पनीका २४ लाख ४५ हजार १ सय ५१ कित्ता सेयर किनवेचवाट १ अर्व ३९ करोड १७ लाख ८८ हजार ९ सय २२ रुपैयाँको सेयर कारोवार भएको छ । आइतवार बीमा समूहको सेयर कारोवार २१९ दशमलव ४७, बैंकिङ समूहमा ३५ दशमलव २१, जलविद्युतमा १०४ र विकास बैंकमा ४२ अंकले गिरावट आएको छ । आइतवार ७ कम्पनीको सेयर मात्र हरियो भएको छ । यो दिन सोल्टी होटलका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । होटल समुह भने योदिन १३२ अंकले हरियो भएको छ । आइतवार नेप्से इन्डेक्स १४८३ दशमलव ०४ अंकमा बन्द भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप