बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किन जाँदैछिन् मोडेल तिर्सना यूके ?

आइतबार, २३ जेठ २०७३, २३ : १४
आइतबार, २३ जेठ २०७३
काठमाडौ – ग्लोबल मिडिया पावरको प्रश्तुतीमा निर्माण हुन लागेको डुकु ड्रामाको अभिनयको लागि नायिका तथा मोडल तिर्सना बुढाथोकी युके जाने तयारीमा छिन । बिशेषतः युके, अमेरिका, कोरिया लगायतका बिकशित देशहरुमा सुरक्षित भबिश्यको खोजीमा बिदेसिएका नेपालीहरुले त्यहाँ पाएको दुःख र जिबनका हैरानी हरुलाई समेटेर बनाउन लागिएको उक्त डोकुमेन्ट्रीले बैदेशिक जिबनको सम्पुर्ण पाटोलाई प्रश्तुत गर्ने निर्माण पक्षको दाबि छ । नायिका तिर्सनाको मुख्य भुमिका रहने उक्त डोकुमेन्ट्री युकेका बिभिन्न शहरमा छायांकन सम्पन्न गरिने र यसले सबै नेपालीको मन छुनेमा आफु ढुक्क रहेको उनले बताईन । यद्यपी कार्यव्यस्ताताको कारण समय मिलाउन अप्ठेरो परिरहेको उनको भनाइ थियो । पछिल्लो समय लोक म्युजिक भिडियोहरुमा ब्यस्त बन्दै गइरहेकी तिर्सनाको म्युजिक भिडियोहरुमा उच्च माग छ । हालसम्म ३ वटा फिल्म र ६० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका तथा मोडल बुढाथोकी आफुलाई हट नायिकाको रुपमा प्रश्तुत गर्छिन् । बिभिन्न किसिमका स्क्याण्डल मार्फत चर्चामा आइरहने तिर्सनाको हटफोटोसुटका साथै युट्युवमा पनि सर्वाधिक खोजी गरिने नायिका तथा मोडलहरुको सुचीमा तेस्रो नम्बरमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप