मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्थानीयले मागे पर्यटक प्रहरीको माग

सोमबार, २४ जेठ २०७३, ०८ : १७
सोमबार, २४ जेठ २०७३
[caption id="attachment_55257" align="alignleft" width="847"] File Photo[/caption]

बनेपा–काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थानीयले पर्यटक प्रहरीको माग गरेका छन् ।

वाग्मती अञ्चल प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार धुलिखेलमा आयोजना गरेको अपराध नियन्त्रणमा नागरिक समाज विषयक अन्तक्र्रियमा उनीहरुले त्यस्तो माग गरेका हुन् ।

स्थानीय फूलमाया तामाङले अहिले पर्यटक झगडा गरेर बस्दा पनि निरीह हुनुपर्ने अवस्था भएको जानकारी दिँदै पर्यटक प्रहरी भए सुरक्षा अनुभव हुन्छ भने । उनले पर्यटक प्रहरीबाट पर्यटन व्यवसायीलाई पनि सुरक्षाको महसुस हुने जानकारी दिँदै सबै पर्यटक असल नियतका नहुने बताए।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पर्यटक प्रहरी नभए पनि समस्या आए समाधान गर्न प्रशासन तयार रहेको उल्लेख गरे । धुलिखेललाई पर्यटकीय आर्कषणको गन्तव्य मानिन्छ ।

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले नेपाल प्रहरी प्रमाणमुखी अनुसन्धानमा अभयस्त हुन थालेको उल्लेख गर्दै स्थानीय रुपमा स्थानीय सरकार नहुँदा प्रहरीमाथि भार आएको बताए ।

उहाँले भूकम्पका कारण क्षतिग्रस्त चौकी पुनः स्थापना हुन नसकेको जानकारी दिँदै कुनै प्रहरीले घुस माग्छ भने त्यसको प्रतिवाद गर्नुहोस् भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप