बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्राण्डी अस्पतालले भन्यो, ‘अम्बर गुरुङको अवस्था स्थीर’

सोमबार, २४ जेठ २०७३, १० : ५२
सोमबार, २४ जेठ २०७३
काठमाडौं–वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था स्थिर रहेको गाण्डी अन्तराष्ट्रिय अस्पतालले जनाएको छ । गाण्डीको भेण्टिलेटरमा उपचाररत उनको अवस्था स्थिर रहेको भन्दै अस्पतालका जनसम्पर्क सल्लाहकार विनोद अधिकारीले उपचार जारी रहेको रातोपाटीलाई जानकारी दिए । उनले डाक्टर अरुण कार्कीको टोली उपचारमा सक्रिय रहेको पनि बताए । समाजिक सञ्जालमा गुरुङबारे विभिन्न हल्ला चलेसँगै ग्राण्डीले यस्तो बताएको हो । उनको निधनबारे विभिन्न अनलाइनमा समाचार समेत भएको थियो भने श्रवण मुकारुङदेखि बिबिसीका पूर्व पत्रकार सुशील शर्माले समेत उनको निधनको श्रद्धाञ्जली दिएका थिए । अहिले भने उनीहरुले समाजिक सञ्जालमाफर्त परिवारसँग माफी मागेका छन् । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका गुरुङको स्वास्थ्य गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप