बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सद्भावना पार्टीमा प्रवेश गरेको १५ दिन नबित्दै अशोक यादवले नयाँ पार्टी खोल्दै

सोमबार, २४ जेठ २०७३, ११ : २२
सोमबार, २४ जेठ २०७३

काठमाडौ – संघीय समाजवादी फोरम नेपाल छाडेर सद्भावना पार्टीमा प्रवेश गरेको १५ दिन नबित्दै नेता अशोक यादवले नयाँ पार्टी खोल्न लागेका छन् ।

उनले जेठ २६ गते एक कार्यक्रम गरि आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

संघीय सद्भावना पार्टीमा पहाडीवाद हावी भएको, मधेशी मोर्चालाई वेवास्ता गरेको लगायतका आरोप लगाउँदै अशोक यादवलगायतका दर्जनौं नेताहरु फोरम नेपाल छाडेर जेठ ८ गते सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

अशोक यादवसँग सम्पर्क गर्दा उनले आफूले फोरम नेपाल परित्याग गरेको तर सद्भावना पार्टीमा पूर्णरुपमा प्रवेश नगरेको दाबी गरे ।

उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पटक पटक आफूलाई फोन गरेर पार्टीमा बोलाएको दावी गर्दै पार्टी प्रवेश कार्यक्रममा आफूलाई त्यहाँ जाने इच्छा नभएपनि कर गरिएको बताए ।

तर, उनले अध्यक्ष महतोबाट टिकालगाएर पार्टीको सदस्यता पनि लिएको सो पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले बताए ।

यतिमात्रै होइन जेठ २८ गते भएको पत्रकार सम्मेलनमा अध्यक्ष महतोको सँगै अशोक यादव देखिएका थिए ।

यसको बचाउ गर्दै यादव भन्छन्, ‘म पार्टी कार्यालयमा जाँदा जवर्जस्ती बसाएर फोटो खिचेर फेसबुकमा राखिएको छ । सद्भावना पार्टीलाई त फोटो खिचेर फेसबुकमा राख्ने हतार हुन्छ भने सबैलाई थाह छ ।’

मधेशी युवा समाजका अध्यक्ष समेत रहेका यादवले मधेशका पार्टीहरुले एजेण्डा बनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आफूले गरेर देखाउनका लागि अर्को पार्टी खोल्न लागेको दावी गरे ।

उनको पार्टीमा कोको आबद्व हुने र पार्टीको नाम के हुने भन्नेबारे भने टुंगो लागिनसकेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप