बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अर्घाखाँचीमा पदाधिकारी चयन

सोमबार, २४ जेठ २०७३, ११ : ४०
सोमबार, २४ जेठ २०७३

अर्घाखाँची– नेपाली काँग्रेस अर्घाखाँचीको बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ ।

बिपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको बैठकले महिला सङ्घकी सभापति शान्ता भण्डारीलाई उपसभापति र युवा नेता विष्णु भुसाललाई सचिवमा मनोनीत गरेको जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए । बैठकले पार्टीको वरिष्ठ नेतामा पूर्व सभापति कमलप्रसाद भुसाललाई दोस्रो बरियतामा रहने गरी निर्णय गरेको छ । काँग्रेस नेता वासुदेव आचार्य, लोकेन्द्र विक, कृष्णप्रसाद खनाल, गोपाल भुसाल, पीताम्बर खनाललाई जिल्ला सदस्यमा मनोनीत गरेको सभापति मुस्कानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप