बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संसारकै सबैभन्दा सानो अन्डा, गिनिज बुकमा लेखाउने प्रयास

सोमबार, २४ जेठ २०७३, ११ : ४४
सोमबार, २४ जेठ २०७३

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ । सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।

सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताए । गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । सन्धिखर्कस्थित शान्ति बगैँचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको बताए ।

उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए । लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामनारायण मण्डलले बताए । विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप