बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिप दुर्घटनाका गम्भीर घाइतेमध्ये दुईको मृत्यु

सोमबार, २४ जेठ २०७३, ११ : ५२
सोमबार, २४ जेठ २०७३
सल्यान–दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग१ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको मुत्यु भएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफता बूढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको गएराती नै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । क्षमताभन्दा बढी लोड र तीव्र गतिका कारण दुर्घटना भएकोे प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय कपुरकोटका अनुसार सो दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप