बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ता राख्ने प्रणाली अब कम्प्युटर मार्फतः मन्त्री सुब्बा

सोमबार, २४ जेठ २०७३, १२ : ३२
सोमबार, २४ जेठ २०७३

इटहरी –भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नापी विभाग र नापी कार्यालयहरुले जग्गाको श्रेष्ता राख्ने प्रणालीलाई कम्प्युटर प्रणालीमा लैजान तयारी भइरहेको बताएका छन् । जग्गाको श्रेष्ता राख्ने कार्यमा व्यापक लापर्वाही र कमजोरी देखिएको बताउदै मन्त्री सुब्बाले अब तत्कालै सबै कार्यालयको काम कम्प्युटर प्रणालीमा लैजान बताए । मन्त्री सुब्बाले सोमबार इटहरीमा नापी विभागले आयोजना गरेको पूर्वाञ्चल क्षेत्री तालिम गोष्ठीको उद्घाटनपछि बोल्दै सुब्बाले देशको भूगोलको ३५ प्रतिसत जमिनको मात्र श्रेष्ता ब्यवस्थित रहेको बताउदै अब शतप्रतिशत काम हुने बताए । सोही अवसरमा नापी विभागका महानिर्देशक कृष्णराज बीसीले नापी विभाग र यस अन्तर्गत कार्यरत प्रविधिक कर्मचारीलाई राज्यले फिल्ड जाने भक्ता उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । फिल्डमा जाने कर्मचारीका लागि राज्यसँग ७ करोड फिल्ड भत्ता उपलब्ध गराउन आग्रह गरिए पनि त्यो कुराको सुनवाई नभएको महानिर्देशक बीसीले बताए ।

पूर्वाञ्चल क्षेत्री तालिम गोष्ठी तथा तालिममा पूर्वाञ्चलका ३५ वटा नापी कार्यालयका प्रमुखहरु र ३५ जना नापी सम्वन्धि प्रविधिको ज्ञान प्राप्त गर्ने कर्मचारीहरुलाई सहभागिता गराईएको बताईएको छ । गोष्ठी दुई दिनसम्म चल्ने छ भने तालिम चार दिनसम्म चल्ने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप