बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाले भने–‘सहमति’ शब्द अश्लील लाग्न थाल्यो

सोमबार, २४ जेठ २०७३, १२ : ५९
सोमबार, २४ जेठ २०७३

विराटनगर– उपप्रधानमन्त्री कमल थापाले मुलुकमा ‘सहमति’ शब्दको व्यापक रुपमा अपव्याख्या भएकाले अहिले यो शब्द अश्लील लाग्न थालेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “प्रजातन्त्रमा बहुमतले सरकार बनाउने र अन्य दल प्रतिपक्षमा बस्ने गरिन्छ र साम्यवादमा प्रतिपक्षी हुँदैन ।’ नौ वर्षको अवधिमा आठवटा सरकार बनेको प्रसङ्ग उलेख गर्दै उनले सरकार बनेको छ महिना बित्दा नबित्दै सरकार परिवर्तन भयो भने जनतामा निराशा उत्पन्न हुने र अन्तर्राष्ट्रिय जगत्मा मुलुकको राजनीतिप्रति कस्तो सन्देश प्रवाह हुने विषयमा दलहरुलाई सोच्न सुझाव दिए ।

संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गरे ।

मुलुकको सङ्कट समाधान गरेर सरकार आर्थिक समृद्धि र संविधान उनले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप