बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङको विकट गाउँमा भारतीय पर्यटक अलपत्र, दुईजना बिरामी

सोमबार, २४ जेठ २०७३, १३ : १६
सोमबार, २४ जेठ २०७३
मुस्ताङ –मुस्ताङको विकट गाउँ यारा भन्दा चार घण्टा मागिको भु–भागमा तीन दिनदेखि भारतिय पर्यटकहरु अलपत्र परेका छन् । नेपाल घुम्न आएका बेला ट्रेकिङ गएका आठ जना पर्यटक अलपत्र परेको मुस्ताङका डिएसपी हरिहरनाथ योगीले रोतापाटीलाई बताए । ‘हाई अल्टिच्युडका कारण दुई जना बिरामी परेका छन्, हामीले उद्धारको प्रयास थालेका छौं ’ उनले भने । पर्यटक अलपत्र परेको र उद्धारको आवश्यकता रहेको बारे आफुले भारतिय दुतावास र गृह मन्त्रालयलाई जानकारी गराएको भएपनी हालसम्म हेलिकप्टरको ब्यवस्था हुन नसकेको योगीले बताए । बैंगलौरबाट नेपाल आएका भारतियहरु पोखराहुँदै लोमान्थाङ क्षेत्रतिर लागेका थिए । पर्यटकहरु रहेको क्षेत्र अति विकट भएकाले हेलिकप्टर बाहेक उद्धारको अर्को विकल्प नभएको बताईएको छ । भारतिय दुतावासका डिसीएम विनय कुमारले उद्धारका लागी आफुहरुले प्रयास जारी राखेको बताए । उनले भने, ‘हामी सुरक्षाकर्मीसँग समन्वय गरिरहेका छौं, चाँडै हेलीकप्टर पठाउँदै छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप