बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्राण्डीमा अम्बर गुरुङको परिवारले भने : 'प्राथना गरिरहेका छौं'

सोमबार, २४ जेठ २०७३, १५ : ०५
सोमबार, २४ जेठ २०७३

काठमाडौं– बरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था ‘अत्यन्त गम्भीर तर स्थिर’ रहेको परिवारले जनाएको छ । गुरुङको परिवारले केहिबेर अघि धापासीस्थित गा्रण्डी अन्तराष्ट्रिय अस्पतालमा पत्रकार सम्मेलन गरी त्यस्तो बताएका हो । गुरुङका माइला छोरा राजुले बुबाको अवस्था अत्यन्य नाजुक तर स्थिर रहेको आफूहरुलाई चिकित्सकहरुले जानकारी गराएको बताए । उनले बाबु अस्पतालको श्यैयामा छट्पटाइर रहँदा संचारमाध्यमा गलत हल्ला फैलिएको भन्दै त्यसबाट आफूहरु निकै दुखित भएको बताए । यसैगरी गुरुङकी श्रीमतीले आफूहरु श्रीमानको अवस्थालाई लिएर निकै चिन्तित रहेको बताइन् । उनले भनिन्, ‘उहाँको अवस्थालाई लिएर हामी निकै चिन्तित छौं । स्वास्थ्यलाभको कामनासहित हामी प्रार्थना गरिरहेका छौं ।’ सो अवसरमा निकै भावुक रुपमा प्रस्तुत भएका परिवारका सदस्यहरुले उहाँलाई बचाउन निरन्तर भगवानसँग प्राथना गरिरहेको बताए । परिवारले मात्रै होइन अस्पताल परिसरमा भेला भएका संगीतकर्मी तथा शुभेच्छुकहरुले गुरुङको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यसैबीच हाल देशबाहिर रहेका गुरुङका छोरा पनि स्वदेश आइपुगेका छन् । उनी अहिले ग्राण्डी अस्पताल परिसरमै रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप