बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘कोतघर होकि, सांसदको घर ?’ जंगीलालको घरबाट निस्कियो ५ थान हतियार र १७ राउण्ड गोली !

सोमबार, २४ जेठ २०७३, १५ : ४४
सोमबार, २४ जेठ २०७३

मलंगवा (सर्लाही)– सर्लाही–५ बाट दोस्रो संविधानसभाको चुनाव जितेका जंगिलाल रायको घरबाट झोलाभरी गोली र हतियार भीरेर निस्केका दुई भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–९ मा रहेको जंगिलालको घर संगै जोडिएको जग्गाको विषयलाई लिएर तमलोपाका जिल्ला अध्यक्ष समेत रहेका राय र संघिय समाजवादी फोरम नेपालका सर्लाही अध्यक्ष अशोक कुमार यादवबीच गत शनिवार हानाहान भएको थियो ।

‘जिल्लाका दुई नेताको बीचमा हानाहान भएको केही मिनेटमै जंगिलालको घरबाट कोतघरबाट हतियार निकाले जसरी झोलाभरी गोली र हतियार बोकेका दुई भारतीय निस्किए’ एक प्रहरी अधिकारीले रातापाटीसँग भने, ‘शंका लागेर नियन्त्रणमा लिँदा झोलामा १७ राउण्ड गोली र ५ थान हतियार भेटियो ।’

मलंगवा–९ स्थित ज्ञानोदय बोर्डिङ स्कुलसँगै रहेको जंगिलालको घरबाट हतियार बोकेर निस्केका भारतीय नागरीक शुरेन्द्र राय र देवेन्द्र रायमाथि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

उनीहरुको साथबाट नलकटुवा बन्दुक २ थान, त्यसमा फिट हुने गोली ५ थान, थ्रिनट थ्रि राईफको गोली १ थान, ईटालियन अटोमेटिक पेस्तोल १ थान, सो मा फिट हुने मिस फायर भएको गोली ५ राउनण्ड, मेड इन स्पेन लेखिएको ठुलो चाईनिज पेस्तोलमा फिट हुने गोलि ६ राउण्ड, दुई नाले सटगनको कार्टिज लाग्ने बन्दुक १ थान र त्यसमा फिट हुने कार्टिज एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हतियार सहित सांदसको घरबाट निस्कने शुरेन्द्र राय भारत सितामाडिथाना सोनबर्ष भलुवाहा–१० का स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखी नेपालमा बस्दै आएका छन् ।

जंगीलाल राय र अशोक यादबवीच कुटाकुट हुँदासलेम्पुर–५ बस्ने ५० वर्षीय राधेश्याम रायसमेत ४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा हुँदै हाल हेटौंडा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सिताराम रिजालले जानकारी दिए ।

यसकारण भयो हानाहान

मलंगवामा ज्ञानोदय बोर्डिङ स्कुल संचालन गर्दै आएका जंगिलालले स्थानिय आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागेको भन्दै संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष अशोक यादव उनलाई रोक्न पुगेको थियो ।

यसअघि जंगिलालले बाटो मिचेर भवन निर्माण गरेको भन्दै आरती देवीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी थिईन् ।

मुद्धामाथि सुनुवाई गर्दै २०७० असार १८ गते तत्कालिन न्यायाधिश सुशिला कार्किको इजलाशले जंगिलालले जग्गा अतिक्रमण गरेर भवन बनाएके ठहर गर्दै सो भवन भत्काएर बाटो खुलाउने फैसला गरेको थियो ।

सर्वोच्चको आदेशमा नापी कार्यालयका दिनेश मिश्रको नेतृत्वमा अतिक्रमित भवनको केही भाग यसअघि नै भत्काइएको थियो ।

तर, सर्वोच्च अदालतको फैसलाको उल्लंघन गर्दै सांसद रायले मलंगवा नगरपालिका ९ स्थित ज्ञानोदय विद्यालय छेऊ भत्काइएको सो भवन पुनः बनाउन खोजेपछि घटना भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप