बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजार ३३ अंंकले बढ्यो

सोमबार, २४ जेठ २०७३, १७ : ०२
सोमबार, २४ जेठ २०७३
काठमाडौं–साताको दोस्रो दिन सोमवार सेयर वजारमा ३३.६६ अंकले वृद्धि भएको छ । सोमवार होटल समूहको वाहेक अन्य सवै समूहको कारोवार वढेको हो । पहिलो दिन आइतवार करिव ३५ अंकले गिरावट आएको सेयर वजार सोमवार भने बढेको हो । सोमवार सेयर बजारमा बीमा समुहको कारोवारमा सवैभन्दा वढी १७५.३५ अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनआइतवार बीमा समूहको सेयर कारोवार २१९ दशमलव ४७ अंकले गिरावट आएको थियो । सोमवार बैंकिङ समूहको सेयर ३८, विकास बैंकको २५.५६, जलविद्युत समूहको सेयर कारोावारमा ५७.१६ अंकले वढेको छ । यस्तै, फाइनान्स कम्पनीको सेयर ६.७१ र अनइ समूहको कारोवारमा २.३४ अंकले वृद्धि देखिउको भएपनि होटल समूहको सेयर कारोवार भने ३९ .१४ अंकले घटेको छ । सोमवार १ सय ३४ कम्पनीको १६ लाख २२ हजार ६ सय २८ कित्ता सेयर खरिद विक्रिवाट एक अर्व १५ करोड १८ लाख ४४ हजार २४ रुपैयाँको सेयर कारोवार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप