बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सगरमाथामा प्रेमले रचेको इतिहास

सोमबार, २४ जेठ २०७३, १७ : ०७
सोमबार, २४ जेठ २०७३

काठमाडौं –भारत महाराष्ट्रका एक प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरेर किर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेवल दम्पती दिनेश चन्द्रकान्त राठोर र उनकि श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाइला राख्ने प्रथम प्रहरी जोडिको इतिहास बनाएका हुन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिनेश चन्द्रकान्त राठोरले सगरमाथाको आरोहण गर्नसक्नु आफैमा गर्वको कुरा भएको बताए । सगरमाथा आरोहणको लागि हामिले आफ्नो सन्तान जन्माउने योजना समेत पछाडि सारेका छौ, अब हामी गर्वसाथ सन्तान जन्माउन सक्छौ” तारकेश्वरी राठोरले भनिन् । सन २००७ मा प्रहरी सेवामा प्रवेश गरेका राठोर दम्पति सन् २००८ मा विबाह बन्धनमा बाँधिएका थिए ।

३० वर्षिय दम्पतिले सन् २०१४ मा अष्ट्रेलियाका १० ठुला शिखरहरुको पनि सफलतापुर्वक आरोहण सम्पन्न गरिसकेका छन् । आफ्ना सहकर्मिमाझ “एडभेन्चर्स कपलका” रुपमा परिचित राठोर दम्पतीले सन् २०१५ मा नै सगरमाथा आरोहणको अनुमति लिइसकेका थिए । तर भूकम्पको कारणले अघिल्लो वर्षको आरोहण स्थगित हुन पुगेको थियो । यस वर्षको सगरमाथा आरोहणमा २ जना भारतीय नागरीकले ज्यान गुमाउनु परेको घटनाले राठोर दम्पतीलाई केहि मनोवैज्ञानीक असर परे पनि दृढ लक्ष्य र प्रेमको सार्मथ्यले सगरमाथामा विजय प्राप्त गर्न सकिएको उनीहरुको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप