बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकले फोडे विद्यार्थीको कानको जाली

सोमबार, २४ जेठ २०७३, १७ : ४८
सोमबार, २४ जेठ २०७३
धनगढी–गृहकार्य नगरेको भन्दै धनगढीमा रहेको ऐश्वर्य विद्या निकेतनका शिक्षक चक्र जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई कुटपिट गरी कानको जाली फुटाइ दिएका छन् । जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई बेस्सरी कुटेर कानको जाली फुटालि दिएको विद्यार्थीका अभिभावक चक्र केसीले बताए । आइतबार कक्षामा अध्यापन गर्न गएका जोशीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेका सहपाठीहरुले बताएका छन् । होमवर्क नगरेको आरोपमा विद्यार्थीलाई भकुर्ने शिक्षकलाई कारबाही गर्नुको साटो उल्टै पीडित विद्यार्थीलाई अनुशासनहीन भनेर आरोप लगाउँदै विद्यालयबाट निष्काशन गर्ने धम्की विद्यालय व्यवस्थापन समितिले दिएको छ । सो विद्यालयका प्रधानाध्यापक धर्मदेब भट्टले भने विद्यार्थी केसीले शिक्षकमाथि जाइलागेकोले उनलाई विद्यालयमा राख्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप