बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश कमिटी बनाउन एमालेमा गृहकार्य

सोमबार, २४ जेठ २०७३, २२ : ०६
सोमबार, २४ जेठ २०७३
काठमाडौँ - नेकपा (एमाले) ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउन गृहकार्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको संयोजक र सदस्यको चयनको विस्तृत मापदण्ड बनाई तीन दिनभित्र पेस गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । सङ्गठन विभागले तयार गरेको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पेस हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए  । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केही सदस्यले पदाधिकारीलाई प्रदेशको संयोजक बनाउनुपर्ने भनाई राख्नुभयो भने केहीले स्थायी कमिटीका सदस्यबाट संयोजक बनाउनुपर्नेमा जोड दिएका थिए  । यसअघिको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटीको मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप