बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आमनिर्वाचनपछि नयाँ सरकार बन्छ–प्रम

सोमबार, २४ जेठ २०७३, २२ : ०८
सोमबार, २४ जेठ २०७३

बनेपा - प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहो-याएका छन् ।

काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा आज पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको स्पष्ट गरे । उनले भने ,“सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।”

विश्वविद्यालयका कुलपतिसमेत रहेका ओली र सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकले आव २०७३÷०७४ रु तीन अर्ब ३२ करोडको बजेट पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप