बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रहेनन् वरिष्ठ संगीतकार अम्बर गुरुङ

मङ्गलबार, २५ जेठ २०७३, १९ : १८
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौ–वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको बिहान २ बजेर ३७ मिनेटमा निधन भएको अस्पतालका सञ्चार सल्लाहकार विनोद अधिकारीले रातोपाटीलाई जानकारी दिए । उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै उनले भने, 'उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।' एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्रावलगायत समस्याबाट उनी पीडित थिए । उनको अवस्था गम्भीर भएसँगै गत सोमबारदेखि ग्राण्डीमा  उपचाररत थिए  भने केहि दिनयता उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

राष्ट्रिय गानका समेत संगीतकार उनको १९९४ मा भारतको दार्जलिङमा जन्म भएको थियो ।

भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उनले नेपाली गीतसङ्गीतमा योगदान गरेका थिए । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब हजार गीतमा उनले सङ्गीत भरेका छन् । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

अपडेट : राष्ट्रिय सम्मानका साथ अम्बरको अन्त्येष्टि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप