बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अनमोल केसीको निर्माणमा बनेको फिल्मको ट्रेलर रिलिज

मङ्गलबार, २५ जेठ २०७३, ११ : ०३
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौँ- कलाकार   अनमोल केसी निर्माता रहेको फिल्म म त तिम्रै हुँ को अफिसियल ट्रेलर आउट गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलरसँगै एक गीत र अडियो एल्बम सार्वजनिक गरेको हो । फिल्म अनमोल क्रियशनको प्रस्तुतिमा उनकै आमा तथा अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन । फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी लगायत बिजय लामा, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ । फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ । नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन । फिल्म साउन ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप