बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्राइमले दुई बैंक किन्ने

मङ्गलबार, २५ जेठ २०७३, ११ : १०
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं–प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेण्ट बैंक प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यसका लागि सोमबार तीनवटै बैंकबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा प्राइमका संचालक एवं मर्जर समितिका संयोजक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मीका अध्यक्ष माधव प्रसाद कोइराला तथा कन्ट्रीका अध्यक्ष इन्द्र नारायण भैलले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी २०७४ भित्र पुँजी वृद्धि गर्न निर्देशन दिएपछि बैंकले एक्विजिसन गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ असारसम्ममा बाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्व पु¥याउनु पर्नेछ । बैंकले आगामी २०७३ असार भित्र ३ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप