बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खाद्य मेला असारमा

मङ्गलबार, २५ जेठ २०७३, ११ : ३८
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ । स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थ सहित मेला आयोजना गरिने छ । यस किसिमको मेला यही जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको विभागले जनाएको छ । यही जेठ २९ र ३० गते सिन्धुली तथा असार ३ र ४ गते लमजुङमा गर्न लागिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । उनले कुपोषण न्यूनीकरणका लागि भूकम्पबाट असर परेका विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गरिने बताउँदै दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनबारेमा मेला उपयोगी हुने बताए । खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवद्र्धन गर्न विभागले यस्तो अभियान चलाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप