बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुन्दरीजलको पानी मुहान शुद्धीकरणको माग

मङ्गलबार, २५ जेठ २०७३, ११ : ४१
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौँ– काठमाडौँ उपत्यकामा पिउनका लागि वितरण गरिएको वाग्मतीको पानी मुहानस्थल सुन्दरीजलबाटै फोहर भएको जनाउँदै नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले शुद्धीकरणको माग गरेको छ । नगर समिति सभापति श्रीकृष्ण ज्योतिको नेतृत्वमा सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय त्रिपुरेश्वर पुगेको समूहले महाप्रबन्धक महेशकुमार भट्टराईलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक भट्टराईले सुन्दरीजलको ६० प्रतिशत पानी ल्याई वितरण गरिएकाले मुहान क्षेत्रको संरक्षण गरिने प्रतिबद्धता जनाउनुभएको सभापति ज्योतिले जानकारी दिए । सुन्दरीजलको पानी प्रशोधन यन्त्र तत्काल सञ्चालनमा ल्याइनुपर्ने, पानीमा प्रयोग गरिने चुन, फिटकिरी लगायत कीटनाशक औषधि आवश्यकता हेरी नियमित रुपमा प्रयोग गरिनुपर्ने, मुहानको पानी नियमित रुपमा प्रयोगशालामा परीक्षण गरी पिउनयोग्य छ वा छैन भन्ने सूचना सार्वजनिक गरिनुपर्ने, मुहान क्षेत्रका बासिन्दालाई दैनिक तालिका बनाएर दुई घन्टा पानी वितरण गरिनुपर्ने र मुहान क्षेत्रको बस्ती सार्ने वा प्रदूषणरहित बनाउने तर्फ लिमिटेड एवम् सरकारको ध्यान जानुपर्ने माग गरिएको छ । समितिको नेतृत्वमा स्थानीयवासीले गत शनिबारदेखि सुन्दरीजलस्थित पानी मुहान सफाइ अभियान पनि सुरु गरेका छन् । यसलाई प्रत्येक हप्ता शनिबार निरन्तरता दिइने समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप