बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वर्गीय गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि

मङ्गलबार, २५ जेठ २०७३, ११ : ४५
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौँ– गए राति निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।

उनको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिएको छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए । उनले भने, ‘बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।’

बिहान ग्रान्डी अस्पतालमा स्वर्गीय गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति पुगेका थिए । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप