बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धादिङका २३ युवा बेपत्ता

मङ्गलबार, २५ जेठ २०७३, ११ : ५२
मङ्गलबार, २५ जेठ २०७३

धादिङ– रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् ।

कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ ।

सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ अन्तर्गत सूचना तथा परामर्श केन्द्रमा परेको निवेदनअनुसार उनीहरु विदेश गएर बेपत्ता भएका हुन् ।

धादिङको उत्तरी क्षेत्रका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, , कुम्पुर, त्रिपुरेश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजना कार्यक्रम संयोजक गङ्गा सुवेदीले बताउनुभयो ।

परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेको सुवेदीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप