बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भन्यो – सेयर धितो कर्जामा कडाई गर्ने नीति आउने हल्ला निराधार

मङ्गलबार, २५ जेठ २०७३, १२ : १६
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गर्ने नीति ल्याउन लागेको हल्ला निराधार रहेको प्रष्ट्याएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्न लागेको भन्ने हल्ललाले साताको पहिलो दिन आइतवार सेयर बजार ३५ अंकले गिरवाट आएको थियो । सोही विषयलाई लिएर राष्ट्र बैंकले त्यस्तो कुनै तयारी नरहेको प्रष्ट्याएको हो ।

बैंक तथा बित्तीय संस्थालाई सेयर धितो कर्जामा कडाई गर्ने गरी नयाँ नीति ल्याउने बारेमा कुनै तयारी नभएको प्रबक्ता त्रिलोचन पंगेनीले वताएका छन् ।

उनले अहिलेकै व्यवस्थालाई नै निरन्तरता दिने जनाए । गलत हल्ला गरेर बजारमा सस्तोमा शेयर उठाउने रणनीति केही व्यक्तिले अख्तियार गरेको जानकारहरु वताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप