बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कतारमा एक नेपालीको मृत्यु

मङ्गलबार, २५ जेठ २०७३, १२ : २३
मङ्गलबार, २५ जेठ २०७३
कतार– वैदेशिक रोजगारीका लागि कतारमा रहेका मोराहाङ–६ तेह्रथुमका टीकाराम थापाको सुतेको अवस्थामा मृत्यु भएको छ । तीन वर्षदेखि कतारमा कार्यरत थापाको मृत्युका कारण खुलेको छैन । कतारको दोहामा रहेको देर्बिस कम्पनीमा कार्यरत थापाको पोस्टमार्टम रिपोर्ट केही दिनमै आउने सोही कम्पनीमा कार्यरत मृतकका दाजु टंकबहादुर थापाले जानकारी दिए । न्यु तीनजुरे युवा क्लबका सक्रिय र मिलनसार सदस्य थापाले क्लबका लागि आर्थिकलगायत विभिन्न सहयोग गरेर गुन लगाएको क्लबका संस्थापक सदस्य रमिला राईले साइप्रसबाट टेलिफोनमा जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप