बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा मोटरसाइकलमा एकभन्दा बढी व्यक्ति यात्रा गर्नमा रोक

मङ्गलबार, २५ जेठ २०७३, १२ : ४४
मङ्गलबार, २५ जेठ २०७३

ढाका – बङ्गलादेशको सरकारले मोटरसाइकलमा सवार व्यक्तिबाट एकपछि अर्को गर्दै लगातार हत्या भएका घटनालाई मध्यनजर राख्दै एउटा मोटरसाइकलमा एक जनाभन्दा बढी यात्रा गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ ।

आईएस लडाकूले अल्पसङ्ख्यक धर्मावलम्बी र मानवअधिकारकर्मीमाथिको आक्रमणलाई तीब्र बनाइरहेका बेला आइतबार क्रिश्चियन समुदायको पुरानो बस्ती बोनपारामा एक अज्ञात समूहद्वारा ६५ वर्षीय सुनिल गोम्सको हत्या गरेको एक दिनपछि सरकारले यो निर्णय गरेको हो ।

गोम्सलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका थिए । प्रहरीले गोम्सको हत्यामा सम्लग्न आरोपमा चार जनालाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको छ ।

गोम्सलाई चर्च नजिकै रहेको उनको किराना पसलमा काम गरिरहेको बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

घटना बङ्गलादेशमा आतङ्कवादविरुद्धको अभियानमा सक्रिय एक उच्च अधिकारीकी पत्नीलाई बङ्गलादेशको दक्षिणपूर्वी गाउँ चितागोङमा शङ्कास्पद अतिवादी समूहले गरेको क्रुर आक्रमणको केही घन्टापछि भएको थियो ।

बङ्गलादेशमा धर्मनिरपेक्षवादी तथा उदारवादी अधिकारकर्मी र अल्पसङ्ख्यक धर्मावलम्बी अगुवाहरूमाथि गरिएका आक्रमणमा विगत तीन वर्षमा ४० जनाको हत्या भएको छ ।

बङ्गलादेशमा इटालीका क्याथोलिक धर्मगुरुलाई उत्तरी भूमागमा गएको वर्ष आक्रमण गरिएको थियो । जसको जिम्मेवारी आईएस समूहले लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप