बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा टेलिफोन लाइन अवरुद्ध

मङ्गलबार, २५ जेठ २०७३, १३ : ११
मङ्गलबार, २५ जेठ २०७३

विराटनगर – एक्स्काभेटरको लापर्बाहीका कारण विराटनगरको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गएरातिदेखि अवरुद्ध भएका छन् ।

सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो ।

यस सम्बन्धमा टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराएपनि गएराति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको जानकारी दिए । पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न कम्तीमा तीनदिन लाग्ने उनले बताए । सो कारणले राससलगायत कतिपय टेलिफोन उपभोक्ताको सेवामा बाधा पुगेको भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप