बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अम्बर गुरुङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

मङ्गलबार, २५ जेठ २०७३, १४ : १३
मङ्गलबार, २५ जेठ २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनप्रति दुःख प्रकट गर्दै परिवारजनप्रति समवेदनमा प्रकट गरेका छन् । मंगलबार दिउँसो एक शोक वक्तब्य जारी गर्दै प्रधानमन्त्रीले गुरुङ ‘नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता’ भएको स्मरण गरेका छन् । प्रधानमन्त्रीले ‘नौलाख तारा उदाए’गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमामात्रै नभई विदेशमा समेत चर्चित बन्न पुगेको स्मरण गर्दै भनेका छन्, ‘ सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथिपुग्यो । ‘रातो र चन्द्र सूर्य’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर्गीय गुरुङले भरेको संगीतले उहाँको फैलावट झनै बढाएको थियो ।’

गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोक भाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिएकोमा उच्च प्रशंसा गर्दै  प्रधानमन्त्रीले उनमा गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने खुबि रहेको उल्लेख गरेका  छन् ।

प्रधानमन्त्रीले गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहने भन्दै सिर्जनाहरुबाट उनले नेपाल र नेपालीलाई लगाएको गुण मुलुकले सधैं सम्झिरहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप