बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अम्बर गुरुङ संगीत आकाशका एक उज्ज्वल ताराः देउवा

मङ्गलबार, २५ जेठ २०७३, १५ : ०९
मङ्गलबार, २५ जेठ २०७३
काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । गुरुङको मंगलबार बिहान उपचारको क्रममा निधन भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दै ‘राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका स्वर्गीय गुरुङ नेपाली गीत संगीत आकाशका एक उज्ज्वल तारा हुनु हुन्थ्यो’ भनेका छन् ।

देउवाले गुरुङको निधनबाट नेपाली संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा समवेदना प्रकट गरेका छन् ।

बिज्ञप्ति 

वरिष्ठ गायक तथा संगीतकार ७९ वर्षीय अम्बर गुरुङको आज बिहान भएको निधनबाट म स्तब्ध र मर्माहत भएको छु । राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका स्वर्गीय गुरुङ नेपाली गीत संगीत आकाशका एक उज्ज्वल तारा हुनु हुन्थ्यो र यस क्षेत्रको श्रीवृद्धिमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट राष्ट्रले हजारौँ गीतका एक वरिष्ठ संगीतकार गुमाएको छ, गीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ र अभिभावक विहीन बन्न पुगेको छ । स्वर्गीय गुरुङले नेपाली गीत संगीतको क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु । शेरबहादुर देउवा सभापति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप