बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यार्सा ५६ लाख ६८ हजार राजश्व संकलन

मङ्गलबार, २५ जेठ २०७३, १५ : १७
मङ्गलबार, २५ जेठ २०७३

डोल्पा  –शेफोक्सुन्डो राष्ट्रिय निकुन्जको क्षेत्रमा पर्ने भोक्पा, भाङ्का, सुलिगाड, छेप्का,तोईजुम नाकाबाट संकलन ईजाजत पत्र वितरणबाट ५६ लाख ६८ हजार राजश्व संकलन भएको छ । सो नाकाबाट बिभिन्न जिल्लाका ५ हजार २ सय ५५ जनाले संकलन पुर्जी लिएको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले बताए । अन्य धो, साल्दाङ, छेप्का,डोल्फु, भिजेर लगायतका स्थानहरुबाट भएका कारोबारकाृ विवरण भने आउन बाँकी रहेको उनले बताए ,।

१७ वटा मध्येवर्ती क्षेत्र भित्रका बासिन्दालाई ५ सय,निकुञ्जले छोएका जिल्ला भित्रका बासिन्दालाई २ हजार र जिल्ला बाहिरकालाई ३ हजारका दरले राजश्व उठाईएको उनले बताए ।

यस बर्ष निकुञ्ज क्षेत्रमापर्ने सम्पुर्ण यार्सागुम्बा पाटनमा १० हजार धेरैले संकलन पुर्जी लिने तथा यसबाट एक करोडको हाराहारीमा राजश्व उठ्ने अनुमान गरिएको उनले बताए ।

गत बर्ष संकलन पुर्जी वितरणबाट मात्रै ३ करोडको हाराहारीमा राजश्व उठेपनि यस बर्ष २ करोडले कम राजश्व संकलनहुने देखिएको निकुञ्जले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप