बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विकास समितिद्वारा जाजरकोट—डोल्पा सडक खण्डको अनुगमन

मङ्गलबार, २५ जेठ २०७३, १५ : २४
मङ्गलबार, २५ जेठ २०७३

डोल्पा  – व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिद्धारा जाजरकोट डोल्पा सडकखण्डको अनुगमन गरिएको छ । आज जाजरकोट जिल्लाको तल्नुबगर हुँदै रुकुमको मन्काबगर सम्मको ट्रयाक खुलाईएको सडकको अनुगमन गर्नुका साथै मनका बगरदेखि त्रिबेणी हुँदै डोल्पासम्मको निर्माणाधिन सडकखण्डको अनुगमन गरिएको समितीले जनाएको छ । अनुगमनपछि जिल्ला सदरमुकाम दुनैमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सांसद्हरुले मोटरबाटो निर्माणकार्य सन्तोषजनक भएकाले सरकारको निति अनुसार अवको दुईबर्षभित्र सदरमुकाममा गाडि पु¥याउन केन्द्रमा आवाश्यक बजेटकालागि पहल गरीने समेत बताएका थिए । अनुगमन टोलीमा कर्णालीका जुम्लाका सांसद ललित जंग शाही हुम्लाका जीवन शाही,मुगुका मोहन बानिया र अन्य जिल्लाका गरेर आठ जना सांसद् तथा निर्माण मन्त्रालयका सह—सचिव देवेन्द्र कार्की,विकास समितीका सचिव भिमलाल सुवेधि,जाजरकोट डोल्पा सडकखण्डको कार्यदल प्रमुख विश्वबन्दु पहाडि,एमाले सासद् रबीन्द्र अधिकारी,राष्ट्रिय योजना आयोगका जय नारायण आचार्य,रक्षा सह—सचिव तोयानाथ अधिकारी लगाएत पत्रकारहरुको टोली रहेको थियो । अनुगमन टोलीले तल्नुबगर देखि मनकाबगरसम्म बैशाख पाँचगते सञ्चालनमा ल्याईएको मोटरबाटोको गाडिमा चढेर अनुगमन गरेको कार्यदल प्रमुख विश्वबन्धु पहाडिलेले जानकारी दिनुभयो । आगामि दशैं सम्ममानै डोल्पा र रुकुमको सिमासम्म मोटरबाटो पु¥याउनकोलागि रुकुमको त्रिवेणिमा सेनाको नँया क्याम्प खडा गरेर युद्धस्तरका कामभईरहेको पहाडिले जानकारी दिए । सडकखण्डको १ सय १८ किलोमिटर मध्ये १ सय २ किलोमिटर निर्माणकार्य भईसकेकाले बाँकी १६ किलोमिटर सडकखण्डमात्र निर्माणगर्न बाँकी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप