बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रिपर पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु

मङ्गलबार, २५ जेठ २०७३, १६ : २२
मङ्गलबार, २५ जेठ २०७३

दाङ–दाङमा भएको सवारी दुर्घटना तीन जनाको मृत्यु भएको छ छ । जिल्लाकोे सैघा गाविसमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सैँघा–२ पेदामा रा २ ख ९४७ नम्वरको ट्रिपर नियन्त्रण गुमाएर पल्टिदा सैघा–२ का १९ वर्षिय अजय नेपाली, सारदा नगरपालिका–१४ माल्टा सल्यानका ३१ का वर्षिय तिलक घर्ती, शिद्धेश्वरी–९ सल्यानका २५ जीतबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशकुमार शर्माका अनुसार दुर्घटनामा परी सैघाका १९ वर्षिय खिमबहादुर सार्की गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर बाँके पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप