बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अब कांग्रेस थप शक्तिशाली पार्टी बन्छः लेखक

मङ्गलबार, २५ जेठ २०७३, १६ : ४९
मङ्गलबार, २५ जेठ २०७३

कालिकोट  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रमेश लेखकले मुलुकका युगान्तकारी परिवर्तनको हिस्सेदार नेपाली कांग्रेस भएको दाबी गरेका छन् । व्यवस्थापिक संसदको बिद्यान समितिबाट मुलुकी ऐनका बिषयमा परामर्श लिन कर्णाली आएका नेता लेखकले नेपाली कांग्रेस कालिकोटको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मुलुकका हरेक परिवर्तनहरुमा कांग्रेसको मुख्य भुमीका रहेको बताए । उनले भने, ‘पहिलो संबिधानसभाले बनाउन नसकेको संबिधान दोस्रो संबिधानसभाबाट नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भयो । दश बर्ष द्धन्द्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कांग्रेस हो ।’ उनले अब कांग्रेस झन् ठूलो शक्ति बन्ने समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप