मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूर्वका पर्यटकीय गन्तव्यको प्रचार तिव्र पार्दै मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समिति

मङ्गलबार, २५ जेठ २०७३, १९ : २०
मङ्गलबार, २५ जेठ २०७३

इलाम – सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रवद्र्धन अभियानलाई तिव्रता दिंदै मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेका पूर्वका गन्तव्यलाई उजागर पार्ने अभियानमा समितिले राष्ट्रिय /अन्तर्राष्ट्रिय अभियानलाई तिव्र पारेको हो । समितिले ब्रोसरका माध्यमबाट होस् या स्थानीय सरोकार पक्षसँग मिलेर पर्यटन विकासका योजना अगाडि बढाउने कार्यसँगै काठमाडौ र भारतका पत्रकारहरुको समूहसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित व्यवसायीक संस्थाका प्रतिनिधिहरुलाई स्थलगत अध्ययन भ्रमण गराएर प्रचार अभियानलाई तिव्रता दिएको हो ।

पत्रकार र व्यवसायीहरुको समूहलाई २०७३ जेठ १९ गते बुधबारदेखि एक साता लामो समयको स्थलगत अवलोकन भ्रमण गराएर समितिले पूर्वका पर्यटकीय सम्भाव्यताबारे विस्तृत जानकारी गराएको छ ।

नमुना पर्यटकीय स्थलको स्थलगत अवलोकन सँगै अन्तक्रियामार्फत समितिले इलाम जिल्लाको इलाम नगरपालीका, कन्याम चियाबगानको रमणिय दृष्यावलोकन, माईपोखरी, सन्दकपुर, अन्तु, सिद्धिथुम्का, टोड्के झरना, माङसेबुङ, पाथीभरादेवी, शलकपुर, देवानछाप,पशुपतिनगर, माङमालुङ, गजुरमुखी, विश्वमै दुर्लभ मानिएको रेडपाण्डा पाईने हाँगेथाम लगायत पर्यटकीय गन्तव्यको जानकारी गराएको छ ।

त्यस्तै पाँचथर जिल्लामा अवस्थित जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलयबारे जानकारी गराएको छ ।

यता ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बा लगायतको जानकारी गराएको छ ।

स्थानीय पर्यटन व्यवसायी, पत्रकार र सरोकार पक्षका साथै सरकारी निकायका प्रतिनिधिहरु, काठमाडौ, इटहरीबाट पुगेका पत्रकारहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकार संघ (जाट–नेपाल)का प्रतिनिधि, दोलखा पर्यटन विकास समितिका प्रतिनिधि, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का प्रतिनिधि, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका प्रतिनिधि, भारतको कलकत्ता, सिलगुढी, ग्यान्टोक, सिक्किमबाट आएका पत्रकारहरुको सहभागीता सहित समितिले पूर्वका पर्यटकीय क्षेत्रको अवलोकनसहित प्रचारप्रसार र प्रबद्र्धन गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप