बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

त्रिपुराकोट—मौरे सडक खण्ड निर्माण कार्य सुरु

बुधबार, २६ जेठ २०७३, ११ : २७
बुधबार, २६ जेठ २०७३

डोल्पा –डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि त्रिपुराकोट—मौरे सडकखण्ड निर्माणकार्य सुरु गरिएको छ । जिल्ला विकास समितिको ३७ लाख सहयोगमा त्रिपुराकोट गाविसको वडानं २ बगरमा रहेको काठेपुल देखि सोहि वडाकै धुती बिसौनासम्मको एक किलोमिटर मिटर सडक निर्माणगर्न लागिएको निर्माण समितीका सचिव तुल बहादुर बोहोराले बताए । मौरै त्रिपुराकोट सडकको दुईकिलोमिटर सडकखण्डमात्र चट्टानयुक्त भएपनि बाँकीसबै कमसलमाटो भएकाले डोजरले कम समयमानै धेरै निर्माणकार्य गर्नसकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप