बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोर्ड हेरिटेज मन्थमा अफर

बुधबार, २६ जेठ २०७३, ११ : ५२
बुधबार, २६ जेठ २०७३
काठमाडौं–फोर्ड हेरिटेज मन्थका अवरसमा जुन महिना भरी फोर्ड गाडीमा विशेष अफर संचालन हुने भएको छ । फोर्डले विषेश अफर संचालन भएकाले फोर्ड गाडीको शोरुममा पुग्ने ग्राहक तथा टेस्ट ड्राइभ गर्नेहरुको लागि विशेष उपहारको व्यवस्था गरिएको जनाएको छ । साथै जिओ फोर्डले ग्राहकहरुको रुचीमा ध्यानमा राखी स्पेशल मुभि नाइट विशेष रेस जस्ता थुप्रै कार्यक्रमहरु ल्याएको जनाएको छ । यस वर्ष फोर्डले फोर्ड हेरिटेज मन्थ मनाउने क्रममा फोर्ड र रेसिङ्ग विचको सहकार्य तथा समन्वयले अझ उच्च गति लिएको जनाएको छ । यो वर्ष पनि फोर्ड जी टी का गाडीहरु ल मान्समा जुन १८ र १९ गते हुन गइरहेको ऐतिहासिक तथा चुनौतीपूर्ण २४ घण्टे कौशलताको प्रतिस्पर्धाको लागि छानिएको छ । ल मान्स्को प्रतिस्पर्धाको लागि फोर्ड जीटीका चार गाडीहरु नम्बर ६६, ६७, ६८, ६९ मैदानमा उत्रिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप