बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाल तथा किशोरकिशोरी बहिरङ्ग सेवा शुभारम्भ

बुधबार, २६ जेठ २०७३, १२ : ११
बुधबार, २६ जेठ २०७३

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आजदेखि बाल तथा किशोरकिशोरी बहिरङ्ग सेवाको शुभारम्भ गरेको छ । सेवा फाउन्डेसनकी संस्थापक सदस्य डा सुजन गिलबर्टले बहिरङ्ग सेवाको उद्घाटन गरिन् ।

सो अवसरमा उहाँले भरतपुर आँखा अस्पतालले पु¥याउँदै आएको सेवा उच्चस्तरको रहेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिइन् । अस्पतालमा आउने बिरामीमध्ये २० प्रतिशत हाराहारी बालबालिका र किशोरकिशोरी हुने गरेको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनका अध्यक्ष चिजकुमार मास्केले गत आवमा उपचारका लागि आएका बिरामी ८५ हजार ४०२ मध्ये १५ हजार ३०९ अर्थात १८ प्रतिशत बालबालिका र किशोरकिशोरी रहेको बताए । सन् २०१६ को पाँच महिनामा उपचारका लागि आएका ३३ हजार ७९७ मध्ये छ हजार ५३ जना बालबालिका र किशोरकिशोरी छन् । जुन २२ प्रतिशत हुन आउँछ । त्यो समूहलाई लक्षित गरी सेवा सुरु गरिएको मास्केले बताउनुभयो । बालबालिकालाई खेल्ने सामग्री र विभिन्न चित्रले बहिरङ्ग सेवा सुसज्जित गरिएको छ ।

चितवनको भरतपुरमा मुख्य अस्पताल रहेको भरतपुर आँखा अस्पतालले जिल्लाका पाँचै क्षेत्रमा क्लिनिक सञ्चालन गरेको छ भने नवलपरासीको कावासोती, धादिङको सल्लेनीटार र पर्साको ठोरीमा पनि क्लिनिक सञ्चालन गर्दै आएको छ ।

अस्पताललाई २०६० सालदेखि सेवा फाउन्डेसनले सहयोग गर्दै आएको छ । बालबालिका तथा किशोरकिशोरी बहिरङ्ग सेवामा पनि फाउन्डेसनले सुरुमा उपकरण र खेल सामग्रीका लागि रु छ लाख सहयोग गरेको सेवा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक रामप्रसाद कँडेलले बताए । यसैगरी फाउन्डेसनले बाल अन्धोपन निवारण संयोजकको मासिक तलबभत्ता समेत व्यहोर्ने कँडेलले बताए उनका अनुसार हरेक वर्ष रु ६० लाख बराबरको उपकरण र बाह्य शिविरमा सेवाले अस्पताललाई सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप